Tilu Sharma

श्रमजीवी, कला संगीत पारखी र स्पष्टवक्ता !!

Thursday 23 September 2021

मनी लन्ड्रिंग सहित अवैध गतिविधिमा संलग्न एक नागरिक पक्राउ

September 23, 2021 1


व्यावसायिक लाइसेन्स बिना नै लगानी र अन्य आर्थिक कारोबार गर्ने एक एसियन मूलका नागरिकलाई कतारको अपराध अनुसन्धान विभागले पक्राउ गरेको छ । सार्वजनिक अभियोग अन्तर्गत गिरफ्तारी र खोजी वारेन्ट प्राप्त गरेपछि आन्तरिक मन्त्रालयका अधिकारीहरूले उक्त व्यक्तिको निवासमा छापा मारी पक्राउ गरेका हुन् ।



अधिकारीहरूले उनको निवास वाट कतारी रियाल सहित विदेशी मुद्रा समेत जफत गरेको जनाएको छ  l उनको साथबाट कार, मोटरसाइकल लगायतका महँगा उपकरण हरू जफत भएका छन् l उनले मनी लन्ड्रिंग समेत गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन् l

 

Monday 15 March 2021

दोहोरी च्याम्पियनका जजको बोल्ने शैली मन पराइएन, सामाजिक सञ्जालमा चर्को आलोचना !

March 15, 2021 1

पछिल्लो आधा दशक यता नेपालमा रियालिटी सो को बाढी जस्तै आएको छ । फ़्रेन्चाइज् कार्यक्रमहरू नेपालमा भित्रिने क्रम रोकिएको छैन भने नेपाली माटोमै पनि ठुला र आशा लाग्दा रियालिटी सो हरूको निर्माण हुन् थालेका छन् । कोरोनाका कारण पछिल्लो एक साल अलिक थचिएको मनोरञ्जनको क्षेत्र पुनः जुरमुर्‍याएको छ ।

        

फोटो-फेसबुक 


 

नृत्य तथा गायन विधाका धेरै जसो रियालिटी सोहरूले नेपाली लोक तथा दोहोरी गीतहरूलाई स्थान दिएको पाइँदैन यद्यपि फेलबर भने लोकलय लाई नै पछ्याउने गरेका छन् । रियालिटी सोहरुको बिचमा विशुद्ध लोक तथा दोहोरी गीतको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार सम्म पुग्न र पुर्‍याउन सकियोस् भनेर नेपाल टेलिभिजन ले कि एडभरटाइजिङ कम्पनी सँग मिलेर दोहोरी च्याम्पियन कार्यक्रमको औपचारिक प्रसारण सुरु गरेको छ ।

 

हरेक शनिवार राति ८:५० बजे नेपाल टेलिभिजन बाट प्रसारण सुरु गरिएको च्याम्पियन कार्यक्रमको पहिलो भाग गत शनिवार राति अन एयर भएको छ । डिजिटल अडिसनबाट छानिएका ३५ जोडीलाई उत्कृष्ट २४ मा ल्याउने गरी प्रसारित सो का निर्णायक टिमका सदस्यहरूले प्रतिस्पर्धामा सहभागी प्रतियोगीलाई दिएको प्रतिक्रिया लाइ लिएर अहिले सामाजिक सञ्जाल तातिरहेको छ । निर्णायक प्यानलमा रहेका प्रजापति पराजुली, चन्द्र शर्मा, सिता थापा र रमेश बिजीले फरक फरक कोण बाट दिएका प्रतिक्रिया अहिले विवादास्पद बन्न पुगेका छन् ।

 

 

 

विवाद के हो ?

कार्यक्रमलाई नियाल्दै जाँदा पराजुलीले निकै आक्रामक रूपमा प्रतिक्रिया दिएको देखिन्छ । कपाल दुई चुल्ठी हुनुपर्ने, सुरवाल छोटो भयो, बाहिर जाने ढोका उता छ, दौरा सुरुवालमा फुटबल खेल्ने जस्ता जुत्ता लगाउने, हाम्रो पालोको जस्तो भएन, त्यसो भए भेट्न जाऊ, लगायतका प्रतिक्रिया दर्शकहरूलाई पाच्य भएको छैन । एक प्रतिस्पर्धी लाइ कपाल ठाडो पार्ने प्रसङ्गमा उनले कार्यक्रम संचालिका प्रीति आले सँग दाजी दिए पछि भने जज प्यानलको अनुहार रातो भएको थियो ।

 

उता अर्का निर्णायक शर्माले दोहोरी च्याम्पियनको पुरुष्कार कति छ थाहा छ यहाँहरूलाई, तपाईँ त्यो अर्को टिभी टिभी तिर देखेको कल्पना बहिनी हो तपाईँ ? एक दुई चोटि भाइरल साइरल भएको बहिनी होइन भनी दिएको प्रतिक्रिया को सबै भन्दा बढी आलोचना भएको छ र जुन टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने हो जहाँ स्टुडियो छ त्यो ठाउको र सुरक्षा चेक जाचलाइ लिएर गाइएको अन्तरामा तपाईँहरूले भोगेको जे हो त्यही कुरा गाउनु नपर्ने भन्ने बिजीले दिएको प्रतिक्रिया पनि पाच्य भई रहेको छैन भने बिजीको प्रतिक्रिया लाइ अर्की निर्णायक थापाले समेत खण्डन गरेकी थिइन ।

 

सामाजिक सञ्जालमा निर्णायक मण्डललाई गाली को वर्षा सहित सुझाव

निर्णायक मण्डलका शब्दहरूले प्रतियोगीको अपमान भएको, सुझाव दिन पर्नी ठाउँमा खिल्ली उड़ाऊने कार्य गरिएको भन्दै सामाजिक सञ्जालका भित्ताहरू तथा युट्युबको कमेन्ट बक्समा गालीको वर्षा लागेको छ । जजहरूको आचरणमा सुधार्न पर्ने, जजहरू फेर्नु पर्ने, लोक दोहोरी च्याम्पियन भनेर अङ्ग्रेजी शब्द मिसाएर बनेको सो को जजले जुत्ता र कपाल मिलेन भनेर कमेन्ट गर्नु भन्दा पहिला सो को नामै नेपालीकरण गर्नु पर्ने,   मौलिकता खोजेको हो भने जजको र होस्टको कपाल पनि दुई चुल्ठी बाटिनु पर्ने सुझात्मक् आलोचना भई रहेका ।

 

 

निर्णायक बन्न जानु अघि कमसेकम ३-४ वटा रियालिटी सो हेरेर यसो जजहरूको हाउभाउ अध्ययन गरेर जान पनि सुझाव आएको छ सन्जालमा । मेला महोत्सवमा निर्णायक बने जस्तो रियालिटी सोमा नहुने भन्दै जजहरूको आचरणको व्यापक आलोचना भई रहेको छ । लोक तथा दोहोरी गीतको बारेमा कम चर्चा हुने सामाजिक सञ्जाल  ट्विटरमा समेत गाली को वर्षा भएको छ । सरकारी टेलिभिजन र लगानीमा प्रतिष्ठानमा आबद्ध वर्तमान देखी भूतपूर्वलाई समेटेर जज जसरी बनाइएको छ त्यसले नेपाली सॉगीतिक जगतमा ती भन्दा दक्ष अग्रज कलाकार नभएको र युवा पुस्ता सहभागी रहेको कार्यक्रममा युवा पुस्ताको प्रतिनिधित्व गर्ने कोही पनि जज नराखिएको प्रति पनि सामाजिक सञ्जालमा कटाक्ष भइ रहेको छ । भुगोलको गाउँदा चन्द्र शर्मा खुसी, आफ्नो गीत गाइदिए रमेश बिजी खुसी, उटपट्याङ गाइदिए प्रजापति पराजुली खुशी काठे गाइदिँदा अर्को खुसी बन्दा कार्यक्रम सोचे जस्तो नभएको र  एक एक टुक्काको आधारमा व्याख्या विश्लेषण गरिदिदा न्यायसङ्गत नदेखिएको भनी आलोचना पनि भएको छ ।

 

 

 अपेक्षा के हो ?

लोक तथा दोहोरी गीत सङ्गीत नेपाली माटोको जननी सङ्गीत हो । लोक बिना कुनै पनि गीत सङ्गीत नबन्ने विश्वास गरिन्छ । देशकै महँगो पुरुष्कार राशिको दोहोरी च्याम्पियनले उत्कृष्ट २४ प्रतिस्पर्धी पाई सकेको अवस्थामा जजहरूले मनोबल बढाउने कार्य गर्नु पर्दछ । विदेश तिरका सोहरूमा गलत प्रस्तुति दिनेहरूलाई पनि हौसला दिएर अर्को पटक राम्रो गर्ने र आफूले साथ दिने बचन दिने गरेको पाइन्छ । च्याम्पियनका जज हरू बिचमा पनि समन्वय हुन् आवश्यक छ । पहिलो भाग मात्र प्रसारण भएको हुँदा अरु १२ भाग आउँन बाँकी रहेको हुँदा जसरी कार्यक्रमले मौलिकता खोजेको छ त्यसरी नै जजहरूले पनि आफूलाई अदालतको न्याधिस नसम्झी आफू सुझावकर्ता मात्र हु भन्ने भावले प्रेरित हुन् आवश्यक देखिन्छ र दर्शकको अपेक्षा पनि यही हो ।

 

तिलु शर्मा पौडेल

Tuesday 1 September 2020

कतारबाट फर्किन पिडित म्याग्देली चेली !

September 01, 2020 0

 

विक्रम कार्की, कतार ।

कतारको दोहाबाट आज बिहान नेपाल तथा हिमालयन एयरलाईन्सले ३१औँ तथा ३२औँ सहजीकरण चार्टर उडान गरेका छन् । दुबै उडानका यात्रुहरूले कोभिड -१९ परीक्षण गरी पिसिआर टेस्ट नेगेटिभ भएको प्रमाण पत्रसहित यात्रा गरेका छन् ।  पिसीआरको रिपोर्ट लिएर कतारबाट यी उडानहरू पहिलो पटक भएका हुन । जम्मा २९७ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

जनवरीमा कतार आएकी म्याग्दी रघुगंगा गाउँपालिका वडा न ३ घ्यॉसिखर्ककी मिना छन्त्याल सर्त बमोजिमको काम नपाए पछी २ महिनामै बेरोजगार तथा खाना विहीन बनेसङै नेपाल फर्कन ठुलो समस्यामा परेकी थिइन्  दुख जिलो गरेर टिकटको जोहो गरेकी छन्त्यालको स्वदेश फिर्तीका लागी मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले विशेष पहल गरेका थिए । उनि नेपाल एयरलाइन्सको उडान मार्फत प्रस्थान गरेकी छिन्  



उनलाई आर्थिक सहयोग तथा उद्धार समितिका तर्फबाट गैऱ्ह आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदाले काठमान्डुबाट घर सम्म पुग्नका लागी सवारी भाडा समेत उपलब्ध गराएका थिए । मोना कतारको संस्थागत नगद सहयोग ग्रहण गर्न भने छन्त्यालले अस्वीकार गरेकी थिइन । उनले "संस्थाका अध्यक्षको सहयोग नै अमूल्य" रहेको हुदॉ आफू जेनतेन घरसम्म पुग्ने निश्चित भएकोले आफू जस्तै अरू पीडितलाई उक्त रकम सहयोग गर्न अनुरोध गर्दै उनी कतारबाट बिदा भईन ।



Wednesday 29 July 2020

सामाजिक सञ्जालमा प्रतिष्ठान लक्षित स्टाटस देखे पछि मेरा दुई शब्द !

July 29, 2020 0



हामी सबैले बुझ्नुपर्ने मुख्य कुरा के हो भनेहामी सबैको आस्थाको केन्द्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आफैमा 'सरकारहोइनन न्यायालय नै हो  ।
   


फोहोर र अपाच्य गीत बनाउने र गाउनेलाई कारबाही गर्न मुलुकी ऐनमा समेत कुनै प्रावधान तोकिएको या लेखिएको छैन ! प्रतिष्ठानले गर्न सक्ने भनेको चेतना अभिवृद्धि को काम हो जुन हाम्रो संस्थाले निरन्तर रूपमा गर्दै आइरहेको समेत मैले महसुस गरिरहेको छु ।


कलाकारलाई बोलाउने संस्कृति र परम्पराको लागि जिम्मेवार बन्न सम्झाई बुझाइ गर्ने काम भइरहेकै छ । त्यसरी कलाकारहरू लाई सम्झाई बुझाई गरिएको कुरा प्रतिष्ठानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छैन । किनभने अश्लील गीत गएका कलाकारलाई माफी मागाउदा त्यो कामको आलोचना भयो त्यसैले गल्ती गरेका कलाकारहरूलाई गरिएको सम्झाई बुझाइका कामहरू उनीहरूकै गोपनीयताको ख्याल गरेर पनि संस्थाले सार्वजनिक गर्न मिल्दैन । तर संस्थाले कामै गरेको छैन भन्न चैँ मिल्दैन। आफ्नो दायरामा रहेर हाम्रो संस्था सम्पूर्ण रूपमा लोकगीतको संरक्षण र संवर्धन अनि गलत बाटो समातेका कलाकारको काउन्सिलसङमा लागि परेको छ ।

नेपालको कुनै पनि कानुनमा त्यस्ता संस्कृति विरोधी गीत सङ्गीत गाउने उत्पादन गर्नेहरूलाई कारबाही गर्ने प्रावधान रहेको हुन्थ्यो भने प्रतिष्ठानले किन त्यसरी मुद्दा चलाएन भनेर दोष दिन मिल्थ्यो तर कानुन नै नभएको कुरामा प्रतिष्ठानले कारबाही गरेन भनेर दोष दिनु न्याय सङ्गत देखिएन ।

संस्थागत जिम्मेवारी वहन नगरेर संस्थामा आवद्द कलाकारले बाटो बिराउँदा या गल्ती गर्दा संस्थागत कारबाही गर्ने कुरा विधानमा लेखिएको छ तर त्यो पनि पर्याप्त छैन/ कानुन त झन् छैन त्यसैले संस्थाले कति गर्न पाउँछ कति पाउँदैन भन्ने विषय बुझेर गुण र दोष छुट्ट्याउनु पर्ने समय भएको छ ।  

संस्थाका जिम्मेवार पदमा बसेका कुनै कुनै पदाधिकारीहरूको नैतिकतामा ह्रास आएका कारण अरूले प्रतिष्ठानलाई औला उठाएका हुन । तिजमा रत्यौली मिसाउने, दरमा दारु कि दूध भन्दै उफ्रने हरुले नै प्रतिष्ठान माथि अरूले औँला ठड्याउने बाटो खोलिदिएका छन् ।

संस्था कहिल्यै पनि गलत हुँदैन। संस्थागत नियत पनि गलत हुँदैन । संस्था गलत भए विधान नै पास हुँदैनथ्यो। हाम्रो संस्थाको विधान सरकारी छाप लागेको दस्ताबेज समेत हो। कमसेकम संस्था भित्र रहेर लोक संस्कृतिको चीरहरण गरिरहेका कलाकारलाई विधान अनुसार संस्थाले कारबाही गरिदिए बाहिर बसेर ‘प्रतिष्ठान के हेरेर बसेको छ’ भनेर प्रश्न गर्नेहरूले जवाफ पाउने थिए भन्ने मैले बुझेको छु ।


कला क्षेत्र नैतिकताले चल्ने र बच्ने हो। तपाई नैतिकतावान बन्ने की नैतिकताविहीन तपॉईकै हातमा छ कलाकार ज्यु ।

तिलु शर्मा पौडेल 
सचिव
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखा ।


Wednesday 8 July 2020

रेसम सापकोटाको तिज गित “नक्कले पोइ” ले गर्यो खाडीका नारीको अपमान (पत्र सहित)

July 08, 2020 2



श्रीमान् रेसम सापकोटा तथा मञ्जु गुरुङ ज्यु                                 मिति, जुलाई ०८-२०२०
तरेली सङ्गीत कुञ्ज
काठमाडौँ नेपाल l

बिषय:- खाडीका चेलीको अपमान सम्बन्धमा l

प्रस्तुत विषयमा विश्व यति बेला कोरोनाका कारण आजित छ यस्तो अवस्थामा दुखिजलो गरेर तपाइको टिमले एउटा साङ्गीतिक कोसेली तयार गरेछ र तरेली सङ्गीत कुञ्जको अफिसियल युट्युब च्यानलबाट असार २२ गते बजारमा आएछ “नक्कले पोइ” उक्त गीतको भिडियो हेर्ने मौका पाए तपाईका हरेक सिर्जना प्रत्यक्ष जनजीवन सँग सम्बन्ध राख्ने र सन्देश दिने हुन्छन् तर प्रस्तुत गीतमा कथा सार बस्तु यथार्थपरक हुँदा हुँदै पनि केही कुराहरूले खाडीमा काम गर्ने नारी माथि अपमान गरेको महसुस गरेको छु l


म कतारमा कार्यरत छु l यो खाडीलाई सरकार देखी सबै तह तप्काले विभिन्न दृष्टिकोणबाट हेप्ने गरेको छ । त्यसैमाथि यहाँ कार्यरत महिला भन्ने बित्तिकै "खराब चरित्र" की भनेर पहिला जज गर्ने सज्जनहरू यही पाइन्छन् जो अति दर्दनाक छ । नेपालमा तिजको माहौल छ तिज गीत वेदनाकै हुनु पर्दछ । चेलीका दुख नै तिजका गीतको मर्म हो l


सारा नेपालीलाई थाह छ खाडीमा अप्ठ्यारो अवस्थामा रहेका कतिपय चेलीहरू नेपाल फर्कदॉ "गर्भवती" रहेको समाचार बाहिरिए पछि सञ्जालका बौद्दिकहरु "अन्तर्राष्ट्रिय भान्जा/भान्जी"  लिएर नेपाल उडे भन्दै आफ्ना चेलीको मजाक उडाउन कतै कुनै कसुर छोडेनन् जुन तपाइले पनि पक्कै सञ्चार माध्यममा देख्नु भएको होला l

तपाईँ जत्तिको बौद्धिक व्यक्तिले "नक्कले पोइ" तिज गीतको अन्तरामा कतार गएकी श्रीमतीलाई "महिना दिन भो गा को बल्ल किन गर्छ्यौ हतार, आइमाईलाई त चिट्ठा हो रे साउदी कतार" भनेर गाउनु भएको छ l पटक पटक सोचेर बुझेर सकारात्मक बनेर हेर्दा पनि र तपाइले गीतमा प्रस्तुत गरेको कथा बस्तु अनुसार यो अन्तराको मर्म तब तक खुल्दैन जब तक तपाइले "दुख भन्ने हुन्न अरे साहुलाई सके समाउन, सजिलो छ आइमाईलाई त्यहाँ पैसो कमाउन" भनेर गाउनु हुँदैन l

आदरणीय सापकोटा तथा गुरुङ जी तपाईँलाई जानकारी छ कि नै तपाइको यो गीतको अधिकास भिउ पनि अरबेले हेरेर बढेको हो l तपाईँ जत्तिको दिग्गज कलाकारबाट यति गए गुज्रेको गीतको लेखन र श्र्ब्यद्रिस्य हुन्छ भनेर कल्पना गरेको थिइन सापकोटा जी महिलालाई आइमाई भन्न समेत कानुनले वर्जित गरेको छ । त्यसै माथि कुन दृष्टिकोणबाट बुझ्यो भने साउदी कतार चिट्ठा हो आइमाईको लागी ??  भिडियो मा झैँ तपॉईले तपॉईको श्रीमती/दिदी बहिनी लाई कतार पठाएर “साहुलाई खुसी पार” भन्न सक्नु हुन्छ ?

तपॉईको मतलब के हो ? भिडियो र गीतको कथा अनुसार तपॉईले श्रीमतीलाई पर पुरुषसँग सम्बन्ध बनाउन दबाब दिएको देखाइएको छ जुन पात्रले कथामा बहिष्कार सम्म गरेकी छन् र जबर्जस्ति गर्नेलाई प्रहार गर्दै नेपाल फिरेकी छिन l महिला लाई इज्जत गर्न सक्नु हुन्न भने गीत मार्फत बदनामी गर्ने अधिकार तपाइँहरुलाई कसले दियो यो खाडीको ५० डिग्रीमा काम गरेर पसिनाले पैसा साट्नेहरूलाई तपाईँको गीत ले गरेको अपमानको क्षतिपूर्ति भर्न सक्नु हुन्छ ?

“धन कमाउन गएकी छेउ आउँदा सिन्दूर सम्झिनु, नत्र यता बिर्सिदिनु उतै मन दिनु” यो कस्तो खालको श्रमको दबाब हो तपाइको गीतमा ? तपाईँ द्वयले सकलन  गर्नु भएको गीतको त्रुटिलाई यथा सक्य सच्चाउन तथा कुन अर्थ र आशयमा साउदी कतार आइमाईको लागि चिट्ठा हो खुलस्त पारिदिन हुन् सविनय अनुरोध गर्दछु l खाडीमा काम गर्ने महिलाको अपमान गर्ने अधिकार तपाईँलाई नभएको पुन जानकारी गराउँदै तपाइको गीतमा एउटा डीस लाइक गर्दै मैले बहिष्कार गरेको जानकारी गराउँदछु l

(अरबको एक मजदुर:-  तिलु शर्मा पौडेल )



Thursday 5 September 2019

नेपाली महिला समाज कतारले अन्तरक्रिया सहित तिज कार्यक्रम गर्दै

September 05, 2019 0
“नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि ६ सेप्टेम्बरका दिन रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।


एन आर एन ए एन सी सी कतारको महिला विभागको सह आयोजना र विभिन्न संघसस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ । विगत भन्दा केही फरक ढङ्गले कार्यक्रम गर्न गई रहेका छौ, कार्यक्रममा नितान्त महिलाहरूले मात्र उपस्थिति हुन पाउने छन् समाजकी महासचिव अम्बिका खत्रीले भनिन ।
कतारमा कार्यक्रम रहेका हरेक नारीको पिडामा मलहम लगाउन सधैँ तत्पर समाजले कार्यक्रमलाई पृथक् बनाउन कतारमा रहेका महिलाहरूको अवस्था, सुरक्षा चेतना लगायतका विविध विषयमा अन्तरक्रिया गरिने संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानले बताइन । कतारमा स्थापित कलाकारहरुको सांगीतिक प्रस्तुति रहने उक्त कार्यक्रम नेपाली राजुताबासको सभाहलमा सम्पन्न हुँदै छ भने तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ ।

Wednesday 13 March 2019

प्रदेशीहरुको कहाँनी समेटिएको गीत "प्रदेशी" ले चर्चा बटुल्दै

March 13, 2019 0

पछिल्लो समयमा गीत सँगीतमा अत्यन्तै रुचिका साथ गीत सँगीतमा होमिएका अनिस दवाडी एक सँगीतका बिद्यार्थि हुन । प्रदेशी भुमिबाटै सँगीतमा होमिएका उनले  लोक सँगीतलाइ निकै अगाडी बढाएका छन । उनका गीतहरु प्रगतीको खोजिमा , तिम्रा बाउलाई गुल्टाईदिम,नेपाल जान मन लाग्योनी,बलत्कारी लाई फाँसी दिनु पर्यो भन्ने जस्ता गित हिट छन भने ढुकढुकि,पागल प्रेमी,रोल्पा सल्यान,नाच छमछमी जस्ता एल्बममामा शब्द तथा सङ्गीत भरिसकेका छन ।

अहिले प्रदेशमा रहेका लाखौ प्रदेशिहरुको बिषयवस्तु लाई समेटेर  "प्रदेशी" नामक गीति एल्बम बजारमा ल्याएका छन । अनिश दवाडी र सम्झना भण्डारी को आवाजमा सजिएको उक्त गीतको शब्द भने नवराज अधिकारी तथा सरिना तामाङ्ग को रहेको छ । मनकुमारी मगरको सँगीत बिजय पोख्रेलको सम्पादन रहेको भिडियोको निर्देशन राजेश भण्डारीले गरेका हुन । नवराज अधिकारी र निरुता अधिकारीको अभिनय रहेको उक्त भिडियोमा लाखौ प्रदेशीहरुले भोगिरहेका पिडाहरुलाई कैद गरिएको छ ।