पछिल्लो आधा दशक यता नेपालमा रियालिटी सो को बाढी जस्तै आएको छ । फ़्रेन्चाइज् कार्यक्रमहरू नेपालमा भित्रिने क्रम रोकिएको छैन भने नेपाली माटोमै पनि ठुला र आशा लाग्दा रियालिटी सो हरूको निर्माण हुन् थालेका छन् । कोरोनाका कारण पछिल्लो एक साल अलिक थचिएको मनोरञ्जनको क्षेत्र पुनः जुरमुर्याएको छ ।
नृत्य
तथा गायन विधाका धेरै जसो रियालिटी सोहरूले नेपाली लोक तथा दोहोरी गीतहरूलाई स्थान
दिएको पाइँदैन यद्यपि फेलबर भने लोकलय लाई नै पछ्याउने गरेका छन् । रियालिटी
सोहरुको बिचमा विशुद्ध लोक तथा दोहोरी गीतको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार
सम्म पुग्न र पुर्याउन सकियोस् भनेर नेपाल टेलिभिजन ले कि एडभरटाइजिङ कम्पनी सँग
मिलेर दोहोरी च्याम्पियन कार्यक्रमको औपचारिक प्रसारण सुरु गरेको छ ।
हरेक
शनिवार राति ८:५० बजे नेपाल टेलिभिजन बाट प्रसारण सुरु गरिएको च्याम्पियन
कार्यक्रमको पहिलो भाग गत शनिवार राति अन एयर भएको छ । डिजिटल अडिसनबाट छानिएका ३५
जोडीलाई उत्कृष्ट २४ मा ल्याउने गरी प्रसारित सो का निर्णायक टिमका सदस्यहरूले
प्रतिस्पर्धामा सहभागी प्रतियोगीलाई दिएको प्रतिक्रिया लाइ लिएर अहिले सामाजिक
सञ्जाल तातिरहेको छ । निर्णायक प्यानलमा रहेका प्रजापति पराजुली, चन्द्र शर्मा, सिता थापा र
रमेश बिजीले फरक फरक कोण बाट दिएका प्रतिक्रिया अहिले विवादास्पद बन्न पुगेका छन् ।
विवाद के
हो ?
कार्यक्रमलाई
नियाल्दै जाँदा पराजुलीले निकै आक्रामक रूपमा प्रतिक्रिया दिएको देखिन्छ । कपाल
दुई चुल्ठी हुनुपर्ने, सुरवाल छोटो भयो,
बाहिर जाने ढोका उता छ, दौरा सुरुवालमा फुटबल
खेल्ने जस्ता जुत्ता लगाउने, हाम्रो पालोको जस्तो भएन,
त्यसो भए भेट्न जाऊ, लगायतका प्रतिक्रिया
दर्शकहरूलाई पाच्य भएको छैन । एक प्रतिस्पर्धी लाइ कपाल ठाडो पार्ने प्रसङ्गमा
उनले कार्यक्रम संचालिका प्रीति आले सँग दाजी दिए पछि भने जज प्यानलको अनुहार रातो
भएको थियो ।
उता
अर्का निर्णायक शर्माले दोहोरी च्याम्पियनको पुरुष्कार कति छ थाहा छ यहाँहरूलाई, तपाईँ त्यो अर्को टिभी टिभी तिर देखेको कल्पना
बहिनी हो तपाईँ ? एक दुई चोटि भाइरल साइरल भएको बहिनी होइन
भनी दिएको प्रतिक्रिया को सबै भन्दा बढी आलोचना भएको छ र जुन टेलिभिजनबाट
कार्यक्रम प्रसारण हुने हो जहाँ स्टुडियो छ त्यो ठाउको र सुरक्षा चेक जाचलाइ लिएर
गाइएको अन्तरामा तपाईँहरूले भोगेको जे हो त्यही कुरा गाउनु नपर्ने भन्ने बिजीले
दिएको प्रतिक्रिया पनि पाच्य भई रहेको छैन भने बिजीको प्रतिक्रिया लाइ अर्की
निर्णायक थापाले समेत खण्डन गरेकी थिइन ।
सामाजिक
सञ्जालमा निर्णायक मण्डललाई गाली को वर्षा सहित सुझाव
निर्णायक
मण्डलका शब्दहरूले प्रतियोगीको अपमान भएको, सुझाव दिन पर्नी ठाउँमा खिल्ली उड़ाऊने कार्य गरिएको भन्दै सामाजिक
सञ्जालका भित्ताहरू तथा युट्युबको कमेन्ट बक्समा गालीको वर्षा लागेको छ । जजहरूको
आचरणमा सुधार्न पर्ने, जजहरू फेर्नु पर्ने, लोक दोहोरी च्याम्पियन भनेर अङ्ग्रेजी शब्द मिसाएर बनेको सो को जजले
जुत्ता र कपाल मिलेन भनेर कमेन्ट गर्नु भन्दा पहिला सो को नामै नेपालीकरण गर्नु
पर्ने, मौलिकता खोजेको
हो भने जजको र होस्टको कपाल पनि दुई चुल्ठी बाटिनु पर्ने सुझात्मक् आलोचना भई
रहेका ।
निर्णायक
बन्न जानु अघि कमसेकम ३-४ वटा रियालिटी सो हेरेर यसो जजहरूको हाउभाउ अध्ययन गरेर
जान पनि सुझाव आएको छ सन्जालमा । मेला महोत्सवमा निर्णायक बने जस्तो रियालिटी सोमा
नहुने भन्दै जजहरूको आचरणको व्यापक आलोचना भई रहेको छ । लोक तथा दोहोरी गीतको
बारेमा कम चर्चा हुने सामाजिक सञ्जाल
ट्विटरमा समेत गाली को वर्षा भएको छ । सरकारी टेलिभिजन र लगानीमा प्रतिष्ठानमा आबद्ध वर्तमान देखी
भूतपूर्वलाई समेटेर जज जसरी बनाइएको छ त्यसले नेपाली सॉगीतिक जगतमा ती भन्दा दक्ष
अग्रज कलाकार नभएको र युवा पुस्ता सहभागी रहेको कार्यक्रममा युवा पुस्ताको
प्रतिनिधित्व गर्ने कोही पनि जज नराखिएको प्रति पनि सामाजिक सञ्जालमा कटाक्ष भइ
रहेको छ । भुगोलको गाउँदा चन्द्र शर्मा खुसी, आफ्नो गीत गाइदिए रमेश बिजी खुसी, उटपट्याङ गाइदिए
प्रजापति पराजुली खुशी काठे गाइदिँदा अर्को खुसी बन्दा कार्यक्रम सोचे जस्तो नभएको
र एक एक टुक्काको आधारमा व्याख्या
विश्लेषण गरिदिदा न्यायसङ्गत नदेखिएको भनी आलोचना पनि भएको छ ।
अपेक्षा के हो ?
लोक तथा
दोहोरी गीत सङ्गीत नेपाली माटोको जननी सङ्गीत हो । लोक बिना कुनै पनि गीत सङ्गीत
नबन्ने विश्वास गरिन्छ । देशकै महँगो पुरुष्कार राशिको दोहोरी च्याम्पियनले
उत्कृष्ट २४ प्रतिस्पर्धी पाई सकेको अवस्थामा जजहरूले मनोबल बढाउने कार्य गर्नु
पर्दछ । विदेश तिरका सोहरूमा गलत प्रस्तुति दिनेहरूलाई पनि हौसला दिएर अर्को पटक
राम्रो गर्ने र आफूले साथ दिने बचन दिने गरेको पाइन्छ । च्याम्पियनका जज हरू बिचमा
पनि समन्वय हुन् आवश्यक छ । पहिलो भाग मात्र प्रसारण भएको हुँदा अरु १२ भाग आउँन
बाँकी रहेको हुँदा जसरी कार्यक्रमले मौलिकता खोजेको छ त्यसरी नै जजहरूले पनि
आफूलाई अदालतको न्याधिस नसम्झी आफू सुझावकर्ता मात्र हु भन्ने भावले प्रेरित हुन्
आवश्यक देखिन्छ र दर्शकको अपेक्षा पनि यही हो ।
तिलु
शर्मा पौडेल
मध्ये पुर्वीय राष्ट्र कतार स्थित विगत झण्डै दुई दशक वरिपरि रहेर विभिन्न पिडित पक्षको उत्थान उद्धारमा लगनशील रहेर समाजिक सेवामूलक कर्म गर्नु हुने समाजसेवी तथा नेपाली लोक तथा दोहोरी गीतका गायक तथा सर्जक तपाईं #Tilu_Sarma_paudel ज्यु लेखले निकै चुनौतीपूर्ण भुमिकालाई आयोजक तथा निर्णायक मण्डललाई दिनुभएको समान व्यबहार हुनु पर्ने र नेपाली मौलिक पहिचान अस्तित्वको समेत ख्याल गर्नु पर्ने सहभागी कलकारहरुले पनि आफुलाई अनुशासनको पालना गरि संयमित हुन उर्जा मिलोस् भन्ने आसय राखेर दिनुभएको सुझावलाई सहभागी कलाकार, निर्णायक मण्डल र आयोजक परिवारको समन्वयकारी भुमिकामा गम्भीर ध्यानाकर्षण रहोस् भन्ने आसयले त्रिपक्षि समानान्तर रहोस् भन्ने मैले सामान्यतया बुझेपछि यसै डिजिटल मिडियामा मेरो ब्यक्तिगत धारणा मात्रै राखेको हुँ ।
ReplyDeleteयदि, कहिँ कतै मेरो विचारले उहाँको अर्थलाई अनर्थ लागेको खण्डमा क्षमाप्रार्थी छु ।
भवतु: सब्ब मंगलम् ।