Tilu Sharma

श्रमजीवी, कला संगीत पारखी र स्पष्टवक्ता !!

Tuesday, 1 September 2020

कतारबाट फर्किन पिडित म्याग्देली चेली !

 

विक्रम कार्की, कतार ।

कतारको दोहाबाट आज बिहान नेपाल तथा हिमालयन एयरलाईन्सले ३१औँ तथा ३२औँ सहजीकरण चार्टर उडान गरेका छन् । दुबै उडानका यात्रुहरूले कोभिड -१९ परीक्षण गरी पिसिआर टेस्ट नेगेटिभ भएको प्रमाण पत्रसहित यात्रा गरेका छन् ।  पिसीआरको रिपोर्ट लिएर कतारबाट यी उडानहरू पहिलो पटक भएका हुन । जम्मा २९७ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

जनवरीमा कतार आएकी म्याग्दी रघुगंगा गाउँपालिका वडा न ३ घ्यॉसिखर्ककी मिना छन्त्याल सर्त बमोजिमको काम नपाए पछी २ महिनामै बेरोजगार तथा खाना विहीन बनेसङै नेपाल फर्कन ठुलो समस्यामा परेकी थिइन् । दुख जिलो गरेर टिकटको जोहो गरेकी छन्त्यालको स्वदेश फिर्तीका लागी मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले विशेष पहल गरेका थिए । उनि नेपाल एयरलाइन्सको उडान मार्फत प्रस्थान गरेकी छिन् । 



उनलाई आर्थिक सहयोग तथा उद्धार समितिका तर्फबाट गैऱ्ह आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदाले काठमान्डुबाट घर सम्म पुग्नका लागी सवारी भाडा समेत उपलब्ध गराएका थिए । मोना कतारको संस्थागत नगद सहयोग ग्रहण गर्न भने छन्त्यालले अस्वीकार गरेकी थिइन । उनले "संस्थाका अध्यक्षको सहयोग नै अमूल्य" रहेको हुदॉ आफू जेनतेन घरसम्म पुग्ने निश्चित भएकोले आफू जस्तै अरू पीडितलाई उक्त रकम सहयोग गर्न अनुरोध गर्दै उनी कतारबाट बिदा भईन ।



No comments:

Post a Comment