Tilu Sharma

श्रमजीवी, कला संगीत पारखी र स्पष्टवक्ता !!

Showing posts with label Blog. Show all posts
Showing posts with label Blog. Show all posts

Monday, 18 February 2019

पशुपति शर्मालाई चिठी

February 18, 2019 0


आदरणीय पशुपति दाजु नमस्कार !
गत बिहिबार साँझ तपाइले आफनो निजि च्यानल मार्फत सार्बजनिक गर्नु भएको “लुटन सम्म लुट कान्छा” भन्ने बोलको ब्यङ्गात्मक गितको भिडियो दृश्यावलोकन गर्ने मौका पाए । मलाइ लाग्यो तपाइले “मलाइ अमेरिका यहि” पछीको कालजयी गित बनाउनु भयो । तर नेपालमा अहिले जुन पद्दति चलेको छ त्यो पद्धतिलाइ तपाइको गीतमा समाबेस शब्द पच्ने वाला थिएँन । मैले यो कुरा मेरो नजिकको आदरणीय दुर्गा पंगेनी काकालाइ शेयर गरेको थिए र हामीले कामना गरेका थियौ त्यस्तो अपच नहोस ।

तर हाम्रो कामना सनिबार टुट्यो । युवा संघ लगायत केही नेतागणले तपाईलाई फोनमा र धम्कि पूर्ण बिज्ञप्ति मार्फत गीतमा सब्द सुधार गर्नु नत्र हामि बहिस्कार गर्छौ भन्ने धम्कि पूर्ण अनुरोध मात्रै गरेनन भबिस्यमा आइ पर्ने अकल्पनीय क्षतीको जिम्मेवार समेत कलाकार स्वयम् हुनु पर्दछ भन्दै तपाईलाई धम्काए । जुन कुरा निन्दनीय त छदै छ आधुनिक युग सुहाउदो पनि हुदै होइन । पासण युगको शाशकले आफना रैतीलाई धम्काए जस्तो सत्ता पक्षका भातृ संगठनहरुले तपाईलाई धम्काए ।

तपाइको चाहना गीतले संदेश मात्र प्रबाह गरोस भने थियो । कसैको मन वा आस्थामा चोट पुराउनु नभएको भन्दै लामो बिज्ञप्ति निकालेर आफनो सिर्जनालाई डिजिटल पेलेटबाट हटाउनु भयो  । तपाइँ देशको एक सफल तथा सिक्षित कलाकार हुनुहुन्छ । हाम्रो देशमा व्यंग गर्दा कति सम्मका सब्दहरु प्रयोग गरिन्छ त्यो तपाइँ लगायत अधिकांशलाइ जग जाहेर छ । पछिल्लो २४ घण्टा भित्र सामाजिक सञ्जाल भिजिट गर्दा तपाईको नाम नकोरेका सायद सामाजिक सञ्जाल प्रयोगकर्ता होलान ! आज तपाइको गीतको पक्षमा माइतीघरमा ठुलो जनसागर उर्लिएर प्रदशन सहित समर्थन पनि गरेको छ ।

केहि बेर पहिले तपाइँ उपाध्यक्ष समेत रहनु भएको सस्था रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठानले गितको बिषयमा गीत डिजीटल प्लेटफर्ममा राख्ने या हटाउने संबन्धमा कहि कतै बाट पनि आधिकारिक निबेदन अनुरोध वा जानकारी समेत संस्थामा न आएकोले हटाउने या राख्ने सम्बन्धमा गायक शर्मालाई अहिले सम्म संस्थाले आधिकारीक अनुरोध गरेको छैन र कुनै समुह संस्था या अन्यु कुनै दल या ब्यक्ती कसैले पनि यो गीत बन्द गर्ने विषय लिएर औपचारीक प्रस्ताब दर्ता नगरेको जानकारी गराई सकेको अबस्था छ भन्दै बिज्ञप्तिमा भनिएको छ विवादित भनिएका शब्दहरु सार्वजानीक सञ्चार माध्याममा बारम्बार आईरहेका शब्द हरु हुन ।

ति शब्द र आशय समाचार लेखहरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड सर्वमान्य हुन सक्दैन । सार्वजानीक चासोको विषयलाई नै हो लोकले गीतको रुपमा स्विकार गर्ने तसर्थ पनि सर्जक द्वारा सृजना गरिएको कलाकृती, गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक श्रोताको लोकको अधिकार पनि भएकोले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार पशुपति शर्मालाई उक्त गीत जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन अनुरोध गर्दछ भन्दै कुनै पनि कलाकारको स्वतन्त्रतामा लगाम लगाएको प्रतिस्ठानलाइ सैह्य नहुने स्पस्ट पारि सकको अबस्था छ ।

यस्तै आजै केही बेर पहिले AP1 को बिसेष श्रीङ्खला एपी सेन्टरको बहसमा युवा संघका अध्यक्ष रमेश पौडेलले आफु पनि सर्जक भएको गित कबिता लेख्ने र पत्रिका चलाउने गरेको हुदॉ गितकै बिषयलाई लिएर पशुपतीजी लाई धम्की नदिएको भनी बहसमा बताए । सरसर्ती हेर्दा तपाइको गीतको पक्षमा राम्रा समर्थकको जनलहर बढेको मैले महसुस गरेको छु ।
आदरणीय दाजु म एउटा तपाइको सुभचिन्तकको नाताले लेख्दै गर्दा तपाइको दिमागमा गित पुन अपलोड गर्दा बिभिन्न किसिमका मुद्दा मामिला, बिभिन्न अबहेलना तिरस्कार बहिस्कार झेल्नु भन्दा गित नै नहालौ भन्ने पनि लागेको हुन् सक्छ । व्यक्तिगत रुपमा त्यो राम्रो होला तर कलाकारको जिबन ब्यक्तिगतमा मात्र सिमित नहुने हुदा
यति धेरै समर्थक सुभचिन्तकलाइ तपाइले दिने जवाफ अब के हो त् ?
तपाइको जवाफको पर्खाइमा रहेको सामान्य एक नागरिक, कलालाई अन्तर्मन देखि माया गर्ने मान्छे !
धन्यबाद
तिलु शर्मा पौड्याल 
दोहा कतार